शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई ओलीको चेतावनी

काठमाडौं, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् । प्रमुख विपक्षी नेता ओलीले भने, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ ।’ काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए । आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको आरोप छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति