सुर्खेत, ३१ भदौ । भेरी नदीमा सुर्खेतकी एक महिला बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुलबाट एक जना महिलाले नदीमा हामफाले र बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । कपडा, मोबाइल र बैंकको चेकलगायतका सामानभेरी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ । बेपत्ता महिलाको पहिचान खुल्न सकेको छैन । नदी किनारामा केही कागज र कपडा नछोएको तथा तत्काल उनको खोजी र पहिचानको लागि सुर्खेत प्रहरीलाई खबर गरेको प्रत्यक्षदर्शी वीरेन्द्रनगर नगरपालिका–४ का वडाध्यक्ष नीलकण्ठ खनालले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थलमा पुगेको बताएका छन् ।
भेरीमा बेपत्ता भइन् सुर्खेतकी एक महिला
प्रतिक्रिया