पौडेलसहितका नेता डडेल्धुराको वडा अधिवेशन बदरको माग गर्दै सानेपामा

काठमाडौं, ३१ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसभित्र डडेल्धुरा जिल्लाको वडा अधिवेशनलाई लिएर भएको विवाद बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा अधिवेशन भएको भन्दै अर्को समूह असन्तुष्ट बनेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले डडेल्धुरा अधिवेशन आफूहरुले नस्वीकार्ने भन्दै फेरि अधिवेशनका लागि निर्वाचन समितिको ध्यानाकर्षण गराउने भएको छ । डडेल्धुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिका पदाधिकारीको ध्यानाकर्षण गराउन पौडेलसहितका नेताहरु सानेपा पुगेका छन् । नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला, गगन थापालगायत पार्टी कार्यालय सानेपामा छन् ।

पौडेल समूहले ५ असोजमा तोकिएको वडा अधिवेशनकै दिन डडेल्धुरामा पनि अधिवेशन गराउन निर्वाचन समितिसँग माग गरेका हुन् । २५ भदौमा डडेल्धुरामा वडा अधिवेशन भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको क्रियाशील सदस्यताप्रति असन्तुष्टि जनाउँदै जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले वडा अधिवेशन बहिष्कार गरेको थियो । जिल्लाबाट पठाइएको क्रियाशील सदस्यता सूचीमा केन्द्रबाट थपघट भएको मल्ल पक्षको आरोप छ । जिल्ला सभापति मल्ल नेता पौडेल पक्षका हुन् ।कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । १८ भदौदेखि कांग्रेसको वडा अधिवेशन शुरु भएको हो । अहिलेसम्म ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ । वडा अधिवेशन नभएका जिल्लामा ५ असोजमा गर्ने गरी महाधिवेशनको समयतालिका परिमार्जन गरिएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति