शेयर बजार निरन्तर ओरालो, ७६.६५ अंक गिरावट

काठमाडौं, ३१ भदौ । शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो । बिहीबार समेत बजारले यही ट्रेण्ड पच्छ्याउँदा बजार २८१२।३० बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६।६५ प्रतिशतको गिरावट देखियो ।

भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका थिए । बैंकको व्याजदर बढेसँगै लगानीकर्ता निरास बनेको देखिएको छ । बिहीबार कुल २२९ कम्पनीको १ लाख १३ हजार ८ सय ७ वटा कारोबारबाट १ करोड ६४ लाख ६८ हजार ५ सय ८ कित्ता शेयर किनबेच भएको छ ।

बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ । यस दिन कुल ९ अर्ब ३ करोड ३९ लाख ६ सय २३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूह राताम्मे रह्यो । सबैभन्दा बढी वित्त, हाइड्रोपावर, विकास बैंक, होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ताले गुमाए । बिहीबार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले बढ्यो । सबैभन्दा बढी गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, आईसीएफसी फाइनान्स, लिवर्टी इनर्जीलगायत कम्पनीका लगानीकर्ता छन् । बिहीबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी किनबेच भयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति