काठमाडौं, ३१ भदौ । चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुवानमा बिहीबार बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ।चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार तिब्बतसँग जोडिएको प्रान्त सिचुवानको लोचौमा स्थानीय समयअनुसार बिहीबार बिहान ४:३३ बजे भूकम्प गएको हो। भूकम्पले केही घरहरू भत्काएको छ। भूकम्पमा परी अहिलेसम्म कम्तीमा २ जनाको मृत्यु भएको छ भने पाँच दर्जनभन्दा बढी मानिस घाइते भएका छन्।भूकम्पपछि सरकारले आपतकालीन उद्धार जारी राखेको छ। अहिलेसम्म ६ हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको पिपुल्स डेलीले जनाएको छ।
चीनको सिचुवानमा भूकम्प २ जनाको मृत्यु, दर्जनौं घाइते
प्रतिक्रिया