काठमाडौं, ३१ भदौ । युरोपियन च्याम्पियन्स लिगमा फ्रेञ्च क्लब पिएसजी बराबरीमा रोकिएको छ।समूह ‘ए’ को खेलमा पिएसजी र बेल्जियन क्लब ब्रुगले १-१ गोलको बराबरी खेलेका हुन्।खेलको १५ मिनेटमा आन्द्रे हेरेराको गोलबाट पिएसजीले अग्रता लिएको थियो। उनलाई गोल गर्न केलियन एमबाप्पेले पास दिएका थिए।
ब्रुगका लागि भानाकेनले २७ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।खेलमा पिएसजीका स्टार खेलाडी लिओनल मेसीको प्रहार क्रसबारमा लागेको थियो। यता समूह ‘डी’ को खेलमा रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १– ० गोलले पराजित गरेको छ।खेल सकिन एक मिनेट बाँकी छदा रियलका रोद्रिगोले गोल गरेका थिए।
प्रतिक्रिया