अटोमेटिक पेस्तोलसहित सितापाइलाबाट एक पक्राउ

काठमाडौं, ३० भदौ । काठमाडौंको सितापाईलाबाट अटोमेटिक पेस्तोलसहित एक पक्राउ परेका छन्। सशस्त्र प्रहरीको विशेष टोलीले सूचनाको आधारमा अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको हो। सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी राजु अर्यालले काठमाडौं–१६ सीतापाइला छाउने मार्गबाट तारकेश्वर नगरपालिका वडा नम्बर ३ जितपुरफेदी बस्ने २४ वर्षीय सोनाम तामाङलाई पक्राउ गरेको बताए।उनको साथबाट मेड इन जर्मनी लेखिएको अटोमेटिक पेस्तोल र पाँच राउण्ड गोली बरामद गरिएको उनले बताए। उनीमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त स्वयम्भूमा बुझाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति