सस्तो भयो मोवाइल बैंकिङ कारोबार


काठमाडौं, ३० भदौ । मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीम जोड दिन भन्दै मोवाइल बैंकिङबाट हुने कारोबारमा लाग्ने शुल्क तोकिदिएको हो ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले १० रुपैयाँदेखि ३० रुपैयाँसम्म अधिकतम शुल्क लिनसक्ने व्यवस्था गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा रकम पठाउन चाहनेले २० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

५० हजार भन्दा माथि एक लाख रुपैयाँसम्म २० रुपैयाँ र एक लाख रुपैयाँ भन्दा माथि ३० रुपैयाँ शुल्क लाग्नेछ । मोवाइल बैंकिङबाट अर्को बैंकको खातामा रकम पठाउदा यस अघि बैंकहरुले आफै शुल्क निर्धारण गरेका थिए । सामान्यतया बैंकहरुले सानो रकम पठाउँदा पनि २० रुपैयाँ भन्दा माथि शुल्क लिने गरेका थिए ।राष्ट्र बैंकले एटीएम प्रयोगकर्ताका लागि पनि सहज बनाइदिएको छ । एक बैंकको एटीएम कार्ड प्रयोग गरी अर्को बैंकको एटीएमबाट रकम निकाल्दा प्रति महिना दूई वटासम्म कारोबार निःशुल्क हुने व्यवस्थालाई राष्ट्र बैंकले निरन्तरता दिएको छ ।

यसका अलवा बैंकहरुले प्रतिकारोबार २० रुपैयाँ भन्दा बढी लिन पाउने छैनन् । कोरोना रोकथाम तथा नियन्त्रणका बेला राष्ट्र बैंकले अन्तर बैंक एटीएम प्रयोगको शुल्क नलिन निर्देशन दिएको थियो । लकडाउन बाहेकका समयमा बैंकहरुले आफूखुसी एटीएम प्रयोगको शुल्क लिने गरेका थिए ।प्रति कारोबार २५ रुपैयाँदेखि एक सयसम्म शुल्क लिने गरेका बैंकहरुले अब भने अधिकतम २० रुपैयाँमात्रै लिन पाउनेछन् ।बैंकहरुले विद्युतीय कारोबारमा लाग्ने शुल्कको जानकारी पनि वेवसाइटमै राख्नुपर्नेछ । कम्तिमा ६÷६ महिनामा शुल्कबारे अपडेट गराउन राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति