आज जिल्ला भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै

काठमाडौं, भदौ ३० । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल जाँदै छन् । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ । भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए ।भेलामा जिल्लाका १६ वटै स्थानीय तहबाट नेता कार्यकर्ता सहभागी हुने चापागाईंले बताए ।ओली मंगलबार गृहजिल्ला झापाको कार्यकर्ता भेलामा सहभागी भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति