पाकिस्तानका प्रधानमन्त्री खान र रुसका राष्ट्रपति पुटिनबीच फोनवार्ता

काठमाडौँ, ३० भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मंगलबार भएको फोन संवादमा अफगानिस्तानको कुरा उठाएका छन्।

पाकिस्तानको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार फोन पुटिनले गरेका हुन्। फोन कुराकानीमा पाकिस्तानका प्रधानमन्त्री खानले क्षेत्रीय सुरक्षा र समृद्धिका लागि अफगानिस्तानमा शान्ति र स्थिरता स्थापना महत्त्वपूर्ण भएको र त्यहाँ तत्काल मानवीय सहायता दिनु आवश्यक भएको बताए।

साथै उनले अफगानिस्तानको आर्थिक संकट समाधानका लागि तुरुन्त कदम चाल्नुपर्ने कुरामा पनि जोड दिए। पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– त्यस कुराकानीमा हाम्रा प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानबाट टाढा नहुन पनि अपिल गरेका छन्। उनले भने, ‘यस महत्त्वपूणै मोडमा अफगानिस्तानलाई एक्लै छाड्न हुँदैन।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति