प्रचण्ड प्रचण्ड सबै हिसाबले राम्रो भए पनि धोकेबाजका नेता हुन् : अध्यक्ष ओली

काठमाडौं, २९ भदौ ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) को पछाडि लागेर राजनीतिक जीवन अन्त्य नगर्न नेकपा माओवादीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्। गृह जिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै उनले यस्तो बताएका हुन्।

‘प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद नगर्न म माओवादी केन्द्रमा अहिलेसम्म अलमलमा पर्नुभएका साथीहरूलाई सहज हुन आग्रह गर्न चाहन्छु, देश बनाउन कसैका छोरी, ज्वाइँ, ससुराका लागि बलिदान नहुनुस्,’ अध्यक्ष ओलीले भने। उनले प्रचण्ड सबै हिसाबले राम्रो भए पनि धोकेबाज नेता भएको ओलीले आरोप लगाए।

‘प्रचण्ड राम्रो सम्धी, राम्रो ससुरा, राम्रो ज्वाइँ, राम्रो बाबु, राम्रो काका भए पनि बेइमान नेता हुन्। सबै हिसाबले राम्रो हुनुहुन्छ। एउटामात्र खराबी छ त्यो हो छट्टु नेता, धोकेबाज नेता,’ अध्यक्ष ओलीले भने,‘ प्रचण्ड जीले कुनै एउटा कार्यक्रममा सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ। हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ। उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो।’ एमाले अध्यक्ष ओलीले पार्टीबाट छुट्टिएर गएका माधवकुमार नेपालको पार्टीले चुनावमा पालिकाको वडा सदस्यसमेत नजित्ने ठोकुवा गरे।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति