कानुनमन्त्रीलाई बजेटबारे तीन विकल्प दिए कानून व्यवसायीहरुले

काठमाडौं, २९ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरिरहे बजेटबारे के विकल्प अपनाउने भनेर छलफल गरेका छन् ।उनले कानून व्यवसायी र संसद सचिवालयका अधिकारीहरुसँग अनौपचारिक छलफल गरेका हुन् । त्यसक्रममा तीन वटा विकल्प देखिएको छ ।

पहिलो विकल्प – नियमित प्रक्रियाबाट विनियोजन विधेयक पास गर्ने

छलफलमा सहभागी एक कानून व्यवसायीका अनुसार यो विकल्पमा जाँदा आज २९ भदौको बैठकमा अर्थमन्त्रीले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । छलफल सकेर संशोधनका लागि ७२ घण्टा समय दिनुपर्छ ।

यसरी जाँदा असोजको ३र४ गते मात्र बजेट पास हुन्छ । केही दिन खर्च रोकिए पनि बजेटको बहस सकिने भएकाले यो विकल्पमा जानुपर्ने राय आएको छ ।

दोस्रो विकल्प – पेश्की बजेट ल्याउने

एमालेका अवरोधका बीच विनियोजन विधेयक अगाडि बढाउने र खर्च चलाउन ३० भदौमा पेश्की बजेट ल्याउने विकल्प पनि छलफलमा सहभागीहरुले सुझाएका छन् ।

तेस्रो विकल्प – अध्यादेश

छलफलमा सहभागीहरुले बजेट पास गर्न नदिने गरी प्रमुख विपक्षी एमालेले अवरोध गरिरहे संसदको अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट बजेट ल्याउने विकल्प पनि छलफलमा आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति