अपदस्थ उपराष्ट्रपति सालेहको घरबाट निस्कियो ७७ करोड नगद र १८ वटा सुनको इँटा : तालिबानीले गर्यो तस्बिर सार्वजनिक

काठमाडौं, २८ भदौ । तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका विस्थापित उपराष्ट्रपति अमरुल्लाह सालेहको घरबाट ६५ लाख डलर (नेपाली रुपैयाँ झन्डै ७७ करोडभन्दा बढी) रकम र १८ वटा सुनको इँटा बरामद गरेको दाबी गरेको छ। तालिबानको दाबी छ– पन्जसिर कब्जापछि तालिबानी लडाकुले सालेहको लुक्ने स्थान कब्जा गरेका छन्।तालिबानका लडाकुले एक भिडिओ जारी गर्दै यो कुराको पुष्टि गरेका छन्। उक्त भिडिओ तालिबानको अकाउन्टमा भाइरल भइरहेको छ।

भिडिओमा देखिन्छ– चाररपाँच जना तालिबानी लडाकु एउटा घरमा पसेका छन्। घरको खानतलासी गरिरहेका छन्। झोलाहरू छरिएका छन्। केही झोला डलरको गड्डी र सुनका इँटाले भरिएका छन्। यसअघि तालिबानी लडाकु अमरुल्लाह सालेहको घर पुगेका थिए। सालेहको पुस्तकालयमा बसेर उनीहरूले तस्बिर पनि सार्वजनिक गरे।

गत अगस्ट १५ मा तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि राष्ट्रपति असरफ गनी देश छाडेर भागे भने उपराष्ट्रपति सालेहले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरे।

सालेह एक मात्र त्यस्ता नेता हुन्, जसले अहिलेसम्म तालिबानविरुद्ध विद्रोह गरिरहेका छन्। उनले पन्जसिरमा तालिबानविरोधी संगठन नोर्दन अलायन्सका प्रमुख अहमद मसुदसँग हात मिलाए र तालिबानविरुद्धको युद्धमा सामेल भए।

तर त्यहाँ पनि तालिबानले हमला गरेपछि भने उनीहरू दुवै ताजिकिस्तान भागेका छन्। तालिबानले हालै सालेहका दाइ एवं पन्जसिरका कमान्डर रोहुल्लाह सालेहको हत्या गरेका थिए। एजेन्सी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति