नेप्से उच्च अङ्कले बृद्धि, नौ कम्पनीको शेयर सकारात्मक सर्किटमा

काठमाडौँ, २७ भदौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्‍जका अनुसार कारोबार मापक नेप्से ७१।४३ अङ्कले बढेर दुई हजार ९४७।४२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक ‘सेन्सेटिभ इन्डेक्स’ १३।०३ बिन्दुले बढेर ५४८।२९ मा पुगेको छ । कूल २३१ कम्पनीको एक करोड ७१ लाख ३३३ कित्ता शेयर रु नौ अर्ब ४४ करोड ३५ हजार २४४ मूल्यमा खरिद बिक्री भए ।


कारोबार भएका १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै ०।०५ बिन्दुले ओरालो लागेको छ । बैंकिङ २४।२, व्यापार ४२, होटल तथा पर्यटन ७७।४८, विकास बैंक २७२।५२, जलविद्युत् २१३।५४, वित्त ११४।९७, निर्जीवनबीमा ४२४।७७, उत्पादन २९९।६९, अन्य १८।२२, लघुवित्त ११३।६५, जीवन बीमा २९७।७१ र लगानी २।३५ बिन्दुले उकालो लागेको छ ।


कारोबारका आधारमा आज अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ७३ करोड ७७ लाख आठ हजार ६८५ बराबरको कारोबार भयो । युनाइटेड मोदी रु ४५ करोड ११ लाख १७ हजार २२९, अपि पावर कम्पनी रु ३१ करोड ५१ लाख ६४ हजार २३६, नेशनल हाइड्रोपावर रु २९ करोड ३४ लाख ७७ हजार २२३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु २५ करोड ७२ लाख १३ हजार १७४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।


नेप्सेका अनुसार आज विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स, अपि पावर कम्पनी, अरुण काबेली पावर, छयाङदी हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले वृद्धि भयो ।


यस्तै, सिटजन म्युचुअल फण्ड ३।५८, रैराङ हाइड्रोपावर २।२४, एनआइसि एशिया ग्रोथ फण्ड २।०५, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम १।९६, एनआइसि एशिया फण्डका लगानीकर्ताले १।९५ प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब २४ अर्ब ८९ करोड ४६ लाख ४२ हजार ८५८ बराबर पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति