काठमाडौं, २७ भदौ । नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकको सशक्त विरोध गर्नुपर्ने बताएका छन् ।आइतबार नेकपा एमाले संसदीय दलको बैठकमा पौडेलले आफूले ल्याएको बजेटका महत्वपूर्ण आयोजना कटौती गरिएको भन्दै आपत्ति जनाए ।
बजेट प्रतिस्थापन विधेयक ल्याई वर्तमान अर्थमन्त्री जनार्दन शर्माले १४ सय वटा सडक आयोजनाको बजेट कटौती गरेका थिए । नेता पौडेलले बजेट कटौती गरिएका अधिकांश सडक तराई मधेसका रहेको बताए ।सरकार अघिल्लो सरकारले ल्याएको बजेट स्वीकार गर्न नसक्ने र अस्वीकार पनि गर्न नसक्ने दुविधाग्रस्त मनस्थितिमा देखिएको पौडेलको भनाइ छ ।
‘सरकारले वित्तीय अनुशासन पनि उल्लंघन भएको छ, कुनै सिस्टम फलो नगरी काम गरिको छ, सम्बन्धित विभाग वा मन्त्रालयबाट माग पनि नभएको आयोजनामा बजेट हालिएको छ’ उनले भने ।पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आधार सामान्य घटाएर अघिल्लो सरकारले ठूलो आकारको बजेट ल्याएको देखाउन खोजेको पनि आरोप लगाए । ‘साधारण खर्चमा १० प्रतिशत कटौतीको स्वागत गर्न सकिन्छ, तर मनसाय दूषित छ’ उनले भने ।
प्रतिक्रिया