सोम पाण्डे र माया ज्ञवालीलाई कारबाही नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, २७ भदौ । सर्वोच्च अदालले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कुनै कारवाही नगर्न आदेश दिएको छ । माधव नेपालले पार्टी विभाजन गर्दा नेकपा ९एकीकृत समाजवादी० पार्टीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका पाण्डे र भट्टको सनाखत गरेको थिएन ।

आयोगले आफूहरुको हस्ताक्षर सनाखत नगरेको भन्दै सांसदद्धय पाण्डे र भट्ट अदालत गएका थिए । आज न्यायाधीश मीरा खड्काको एकल इजलासले भदौ २९ गतेसम्म सांसदद्धयमाथि कुनै कारबाही नगर्न आदेश दिएको हो । अदालतले दुवै पक्षलाई छलफलका लागि भदौ २९ गतेको लागि बोलाएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति