काठमाडौं, २३ भदौ । पार्टी गठन भएपछिको संघीय संसद्को पहिलो अधिवेशनका बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलमा छलफल गरेको छ । नेकपा ९एमाले०ले नेकपा (एस)मा का १४ सांसद प्रतिनिधिसभा बैठकमा बसेमा अवरुद्ध गर्ने चेतावनी दिएपछि बसेको दलको बैठले संयमित भएर प्रस्तुत हुने निर्णय गरेको सांसद विरोध खतिवडाले जानकारी दिए ।
हामीहरू सत्तापक्षमा बसेर भूमिका खेल्ने निर्णय गरेका छौं, खतिवडाले भने । अहिलेको अवस्था आउनुमा एमाले अध्यक्ष केपी ओलीको दललाई व्यवस्थापन गर्न नसक्ने कुशलताको अभाव जिम्मेवार रहेको कुरा संसदीय दलले निष्कर्ष निकालेको पनि उनले बताए । कानुन र संविधानको प्वालमा टेकेर जालझेल गरेर राष्ट्रपतिलाई दुरुपयोग गरेर संविधानका प्रधानमन्त्री बन्ने सबै धाराअनुसार प्रधानमन्त्री बन्ने, अदालतलाई पनि प्रभावित गर्ने र अर्को निर्वाचन पनि अनेकौं भ्रष्टाचारका रकमबाट ल्याएर जाने र निर्वाचन आयोगमा पनि हाम्रा कुरा सुनुवाइ नहुने कुरा बनाएका थिए ।
अख्तियामरमा पनि त्यस्तै गरिएको थियो, उनले भने, हामी १४ जनालाई पार्टी दर्ता गर्न नसक्ने बनाउनका लागि कारबाही गरिएको थियो । स्थानीय निकायका प्रतिनिधि रोक्नबाट असफल भएको र पार्टी दर्ता गर्न नदिने योजना असफल भएर ओली विछिप्त भएको खतिवडाले बताए । माधव नेपालसहित १४ जना उपस्थित भए संसद् चल्न नदिने भन्ने उनी को हुन् ? खतिवडाले प्रश्न गरे । संसद्को नियमावली र संविधानले सर्वोच्च अदालतमा चलिरहेको मुद्दामा संसद्मा छलफल नहुने व्यवस्था रहेको स्मरण गराउँदै खतिवडाले भने, उनीहरू नै हामी १४ जनालाई निष्कासित गरिपाउँ भनेर सर्वोच्च अदालत गएका छन् । केपी ओलीलाई कानुन विधान संविधान लोकतान्त्रिक संस्कारसँग केही सम्बन्ध छैन । आफ्नो सत्ता गएको उन्माद छ त्यो उन्मादको अभिव्यक्ति हो भनेर विश्लेषण गर्यौं संसद् चल्न नदिने भन्ने कुरालाई । एमालेले उठाएका कुराको प्रतिरोध गर्ने निर्णय भएको पनि खतिवडाले बताए । सभामुखको अनुमति लिएर उनीहरूले उठाएका कुराको प्रतिवाद गर्छौं, उनले भने ।
संयमतापूर्वक प्रतिवाद गर्ने र त्यसलाई पनि उत्तेजित गर्ने काम भएमा जस्तालाई तस्तै गर्ने खतिवडाको भनाइ थियो । हामी सांसद् नै आएका हौं । कोही दारा सिंह र कोही बंगरा सिंह भन्ने हुँदैन । हामी संसदीय मर्यादालाई पालन गर्न अधिकतम प्रयास गर्छौं । हामीमाथि अनेक ढंगका उत्तेजनात्मक गतिविधि गरिन्छ भन्ने हामी त्यसका लागि तयार हुन्छौं भन्ने कुरा भएको छ, उनले भने । नेकपा ९एस० संसदीय दलको विधान मस्यौदालाई सुझावसहित पारित गरिएको र केन्द्रीय कमिटीमा पठाउने निर्णय भएको पनि खतिवडाले बताए । उनले केन्द्रीय कमिटीबाट पारित भएपछि सम्बन्धित ठाउँमा बुझाउने बताए ।
प्रतिक्रिया