नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक सुरू, पार्टीको विधान मस्यौदा प्रस्तुत

काठमाडौं, २३ भदौ ।  माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरू भएको बैठकमा संसदीय दलका नेता समेत रहेका अध्यक्ष नेपालले पार्टीको मस्यौदा विधान प्रस्तुत गरेका छन् । बैठकमा सो मस्यौदाबारे छलफल सुरू भएको ।बैठकमा सांसदहरू वेदुराम भुसाल, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, कल्याणी खड्का, विरोध खतिवडा, किसन श्रेष्ठ, निरादेवी जैरु, कृष्णलाल महर्जन लगायतका सांसदहरू उपस्थित छन् । नेकपा एसको संसदीय दलको यो दोस्रो बैठक हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति