संसद बैठकअघि : सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा जारी

काठमाडौं,२३ भदौ । सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ । बुधबार शुरु हुने संसद बैठकअघि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको हो ।सहज रुपमा संसद चलाउने, मन्त्रिपरिषद् विस्तार, अमेरिकी सहयोग परियोजना एमसीसी लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।

सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका माधवकुमार नेपाल, जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायत गठबन्धनका सबै नेताहरु सहभागी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति