काठमाडौं, २३ भदौ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बिहान बैठक बसेको हो। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई बैठक जारी रहेको बताए।आज अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ। उक्त बैठकअगाडि एमालेले संसदीय दलको बैठक राखेको हो। एमालेले संसदमा कडा रूपमा प्रस्तुत हुने संकेत गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि लगातार प्रश्न उठाइरहेका छन्। उनले आफूले सिफारिस गरेका १४ सांसदलाई कारवाहीको सूचना प्रकाशित नगरेकोमा आपत्ति जनाएका थिए।उनले सभामुख सापकोटालाई संसद चलाउनु छ कि छैनु भन्दै प्रश्न गरेका थिए। एमाले सांसदहरुले सभामुखको कार्यकक्षमा धर्ना समेत दिएका थिए।प्रमुख सचेतक भट्टराईले आजको बैठकमा एमालेले सभामुखले कारवाहीको सूचना प्रकाशित नगरेको विषयमा अवरोध गर्ने नगर्ने विषयमा बैठकले निर्णय गर्ने बताए।
एमाले संसदीय दलको बैठक सिंहदरबारमा
प्रतिक्रिया