प्रदेश २ : स्थानीय तहका ३१४ जना एकीकृत समाजवादीमा


काठमाडौं, २३ भदौ । प्रदेश २ मा ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् ।

निर्वाचन आयोगले पार्टी रोज्न दिएको २२ भदौसम्ममा प्रदेशका आठवटै जिल्लाबाट ३१४ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० पार्टीमा सनाखत गरेका हुन् ।

सप्तरीमा २९, सिरहामा ७१, धनुषामा ४८,महोत्तरीमा सात, सर्लाहीमा ४८, रौतहटमा ८४, वारामा ३२ र पर्सामा पाँच जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । प्रदेशमा १३ जनाले सनाखत गरिसकेका छन् ।त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीमा प्रदेश २ का स्थानीय तहबाट ८६५ जनाले सखानत गरेका छन् । लोसपा पार्टीका अनुसार सप्तरीमा ९६,सिरहामा १२, धनुषामा १०९, महोत्तरीमा २५८, सर्लाहीमा १३७, रौतहटमा ८८, बारामा १३८ र पर्सामा २८ जनाले लोसपामा सनाखत गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति