सुदूरपश्चिममा कति जनाले रोजे नेकपा (एकीकृत समाजवादी) पार्टी सूचिसहित

काठमाडौं, २३ भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेबाट विजयी ६ संघीय सांसदसहित २ सय २३ जना जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० पार्टी रोजेका छन्।

माधव कुमार नेपालले एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि निर्वाचन आयोगले प्रदेश र स्थानीय तहका एमालेका जनप्रतिनिधिलाई दिएको दल रोज्ने समयावधि मंगलबार सकिएको छ।
निर्वाचन आयोगले प्रदान गरेको यस अवधिमा सुदूरपश्चिमका ९ जिल्लामा एमालेबाट विजयी २ सय २३ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन।

एमाले विभाजनपछि प्रदेश सांसद, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यलाई दल रोज्न २१ दिन दिइएको थियो। संघीय सांसदले यसअघि नै निर्वाचन आयोगमा सनाखत गरिसकेका छन्।

सुदूरपश्चिममा एमाले छोडेर एकीकृत समाजवादी रोज्नेमा सबैभन्दा बढी कैलालीमा ६५ जना जनप्रतिनिधि छन्। यस्तै सबैभन्दा कम दार्चुला र डडेलधुरामा २र२ जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्।

कञ्चनपुर
कञ्चनपुरमा एमालेबाट विजयी ५१ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा गएका छन्। जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीका अनुसार एमालेबाट विजयी ५१ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

पुनर्वास नगरपालिकाका मेयर जीवन थापा, ११ जना वडाध्यक्ष सहित ५१ जना एमालेका जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन्।

९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा एमालेले ५ वटामा प्रमुख र ७ वटामा उपप्रमुख जितेको थियो।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द, उपमेयर सुशीला सिंह, शुक्लाफाँटा नगरपालिकाकी उपमेयर तुलसी देवी हमाल, दोधारा–चाँदनी नगरपालिकाकी उपमेयर चिनी गिरी, कृष्णपुर नगरपालिकाका मेयर कर्ण हमाल, उपमेयर रमिता राना, पुनर्वास नगरपालिकाकी उपमेयर शारदा विष्ट, बेलौरी नगरपालिकाकी उपमेयर चित्र कुमारी चौधरी, बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्री र उपाध्यक्ष कमला देवी कार्की एमालेमै छन्।

कैलाली
कैलालीमा एमालेबाट विजयी ६५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन्।

१३ स्थानीय तह रहेको कैलालीमा एमाले ७ स्थानीय तहमा प्रमुख(उपप्रमुख जितेको थियो।

तीमध्ये घोडाघोडी नगरपालिकाकी उपमेयर प्रेमकुमारी थापा, गोदावरी नगरपालिकाका उपमेयर रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजादेवी बुढामगर सहित ६५ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका निर्वाचन कार्यालयले जनाएको छ।

टीकापुर नगरपालिकाको मेयरमा तपेन्द्र बहादुर रावल, लम्कीचुहा नगरपालिकाको मेयरमा महादेव बजागाईं, उपमेयरमा टीका थापा, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी, गोदावरी नगरपालिकाको मेयरमा हरिसिंह साउँद, गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवा, उपमेयर अंचला चौधरी र चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगर एमालेमै छन्।

यस्तै एमालेबाट विजयी मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको थियो।

डडेल्धुरा
डडेल्धुरामा एमालेबाट विजयी २ जना जनप्रतिनिधि मात्रै एकीकृत समाजवादीतिर लागेका छन्।

निर्वाचन कार्यालय ९डडेल्धुरा० का अनुसार अमरगढी नगरपालिका–५ का वडाध्यक्ष खेमराज पाठक र भागेश्वर गाउँपालिका–४ का सदस्य प्रेम सिंह साउदले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

७ वटा स्थानीय तह रहेको डडेल्धुराका दुई स्थानीय तहमा एमालेले प्रमुख(उपप्रमुख जितेको थियो।

एमालेबाट विजयी अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा, उपमेयर संगीता भण्डारी र नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र बहादुर विष्ट एमालेमै छन्।

डोटी
निर्वाचन कार्यालय, डोटीका अनुसार ३ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

पूर्वी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्का र सायल गाउँपालिकाका एक वडाध्यक्षले एमाले छोडेका हुन।

९ स्थानीय तह रहेको डोटीमा एमालेले ५ वटा स्थानीय तहमा दुवै पद ९प्रमुख(उपप्रमुख० तथा एक गाउँपालिका उपाध्यक्ष जितेको थियो।

बैतडी
बैतडीमा २३ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार एमालेबाट विजयी २३ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन।

ती सबै वडाध्यक्ष र सदस्य मात्रै हुन। ‘समाजवादीतिर जानेमा ४ जना वडाध्यक्ष र अरु सदस्य छन्।’ एमाले बैतडीका सचिव तथा प्रदेश सांसद लीलाधर भट्टले नेपालखबरसँग भने, ‘स्थानीय तह प्रमुख(उपप्रमुख सबै हामीसँगै छन्। यहाँ एमाले बलियो छ।’

बैतडीका १० स्थानीय तहमध्ये एमालेले तीन स्थानीय तहमा दुवै पद, २ वटामा उपप्रमुख र एउटा गाउँपालिकामा उपाध्यक्ष जितेको थियो।

दार्चुला

दार्चुलामा एमाले विभाजनमा २ जना जनप्रतिनिधि गएका छन्। एमालेबाट निर्वाचन २ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा गएको दार्चुलाका एमाले नेता गेल्बु सिंह बोहराले बताए।

अपिहिमाल गाउँपालिकाका सदस्य रुकमति जागरी र भुरी धामीले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेकी हुन । ९ स्थानीय तह रहेको दार्चुलामा एमालेले तीन स्थानीय तहमा प्रमुख(उपप्रमुख दुबै र एक गाउँपालिकामा उपाध्यक्ष जितेको थियो।

बझाङ
बझाङमा एमालेका २५ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन्। जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर पन्तका अनुसार एक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्ष, सदस्य गरेर २५ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन।

१२ स्थानीय तह रहेको बझाङ्गमा एमालेले ८ स्थानीय तहमा प्रमुख(उपप्रमुख र एक स्थानीय तहमा उपप्रमुख मात्रै जितेको थियो।

तीमध्ये केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी र उपाध्यक्ष निशा धामी सहित २५ जनाले एकीकृत समाजवादी रोजेका छन्।

बाजुरा
निर्वाचन कार्यालय बाजुराका अनुसार ५ जना एमालेका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्।

एमाले छोड्नेहरूमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एक(एक जना, २ जना वडाध्यक्ष र एक जना सदस्य छन्।

बाजुराका ९ स्थानीय तहमध्ये एमालेले तीनवटा स्थानीय तहमा प्रमुख(उपप्रमुख दुबै पद र एक नगरपालिकामा उपप्रमुख जितेको थियो।

अछाम
निर्वाचन कार्यालयका अनुसार अछाममा २७ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादीमा सनाखत गरेका छन्। अछामका दुई स्थानीय तहका प्रमुखले एमाले छोडेका छन्।

भीम रावलको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने साँफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवर, उपमेयर बिर्मलादेवी बुडथापा, चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउद सहित वडाध्यक्ष, वडासदस्य गरी २७ जना जनप्रतिनिधिले एमाले छोडेका हुन्।

अछाममा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरेर जम्मा १० वटा स्थानीय तह छन्। तीमध्ये दुई नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुख र एक गाउँपालिकामा अध्यक्ष जितेको थियो।

सदरमुकामको स्थानीय तह मंगलसेन नगरपालिकाका मेयर पदम बहादुर बोहरा, उपमेयर सरिता उपाध्याय एमालेमै छन्।

१४ प्रदेश सांसद समाजवादीमा
सुदूरपश्चिम प्रदेश सभामा नेकपा ९एकीकृत समाजवादी० पार्टी सबैभन्दा ठूलो दल बनेको छ। नेकपा एमाले प्रदेश सभामा चौथो ठूलो दलमा खुम्चिएको छ।

एमाले विभाजन पछि नवगठित एकीकृत समाजवादीमा एमालेका १४ जना सांसदले सनाखत गरेका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, राज्यमन्त्री चुनुकुमारी चौधरी, मनाकुमारी साउद, सांसदहरु अमर बहादुर साउँद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी, बलबहादुर सोडारी, तारालामा तामाङ, प्रकाश रावल, माया भट्ट र माया तामाङ बोहराले समाजवादीमा सनाखत गरे।

तीमध्ये १३ जना तत्कालीन माधव समूहकै थिए भने एक जना ९माया तामाङ बोहरा० सांसद ओली निकट थिए। नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजित भए पछि सुदूरपश्चिम प्रदेश सभामा ६ दलको प्रतिनिधित्व हुने भएको छ।

५२ जना प्रदेश सांसद रहेको सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका १३ सांसद, नेपाली कांग्रेसका १२ सांसद, नेकपा एमाले सभामुख सहित ११ सांसद तथा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १(१ जना सांसद छन्।

६ संघीय सांसद

त्यस्तै ६ जना संघीय सांसद पनि एकीकृत समाजवादीमा खुलेका छन्। यसअघि एमालेका संघीय सांसद निरा जैरु, प्रेम आले, बिना बुढाथोकी, लक्ष्मी चौधरी, शेरबहादुर कुँवर र शारदा भट्टले एकीकृत समाजवादीमा सनाखत गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति