काठमाडौं, २२ भदौ । सुदूरपश्चिम सरकारका दुईजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । विगतमा नेकपा एमालेको माधव नेपाल पक्षबाट मन्त्री बनेका प्रकाशबहादुर शाह र अर्चना गहतराजले राजीनामा दिएका हुन् ।
नेकपा एमाले विभाजन भएपछि उनीहरु नेपाल पक्ष छाडेर एमालेमै रहेका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री रहेका थिए ।
गहतराज राज्यमन्त्री थिइन् । बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए । पार्टी विभाजनका बेला एमाले स्थायी कमिटिको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।गत जेठमा एमाले माधव समूहले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर ७ जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।
प्रतिक्रिया