एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : अध्यक्ष ओली

पोखरा, २२ भदौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताए । मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताएका हुन । ‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो’, उनले भने , ‘२ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन ।’नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भए पनि पार्टी एकता अहिले कायमै रहेको बताएका उनले प्रचण्ड समूहमात्रै बाहिरिएको टिप्पणी गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति