मुग्लिन, २२ भदौ । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले बताए । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनले जानकारी दिए ।
पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध
प्रतिक्रिया