बालगृहमा रहेकी १२ वार्षिय बालिका गर्भवति, बालगृह संचालककै छोरा बलात्कारी

काठमाडौं, २१ भदौ । काठमाडौं। रुकुम पीश्चममा रहेको एक बालगृहकी १२ वर्षिय बालिका गर्भवति छिन्। उनको पेटमा १० साताको गर्भ छ। उनि गर्भवति भएको थाहा भएपछि उनिमाथी पटक-पटक जवरजस्ती करणी हुँदै आएको खुलेको छ। हाल उनले प्रहरीमा आफुमाथी भएको हिंसाविरुद्ध प्रहरीमा उजुरपिनि दिएकी छन्।

तर बलात्कार भने फरार छन्। रुकुम पश्चिममको आठबिसकोट नगरपालिका–११ स्थित ‘सिस्ने हिमाल बालगृह’ मा बस्दै आएकी ती बालिकालाई बालगृह सञ्चालकै छोराले बलात्कार गरेको पीडितले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। पीडित बालिकाले दिएको जाहेरी अनुसार हाल काठमाडौं बस्दै आएका रवि भनिने कुस्माकर चदाराले आफूलाई पटक/पटक बलात्कार गर्दै आएको उल्लेख गरेकी छन्। पिडित बालिकाका अनुसार २०७७/ २०७८ सालको लकडाउनको समयमा रविले आफूमाथि जबरजस्ती करणी गरेको र कतै भनेमा ज्यान मार्ने धम्की दिएकाले केही भन्न नसकेको जनाएकी छन्। पीडित बालिकाले बालगृह सञ्चालिका चदाराले आफूहरूलाई बिभिन्न खाले श्रमशोषन समेत गर्ने गरेको निवेदनमा उल्लेख गरेकी छन्। निवेदनमा सञ्चालिकाले आफूलाई उनको आफ्नो ओखर खेतीमा काम लगाउने, कुखुरा फार्ममा काम लगाउनेलगायतका घरासयी काममा लगाउने उल्लेख गरेकी छन्।

कुखुराको खोरमा दाना हाल्न गएको समयमा रविले आफूलाई पहिलो पटक जबरजस्ती करणी गरेको पीडितको जाहेरीमा उल्लेख छ। बालिकाको पेटमा बलात्कार पछि गर्भ रहेको हल्ला भएपछि आठबिसकोट नगरपालिका न्यायिक समितिकी संयोजक गीता नेपालीले बालिकालाई अस्पताल पुर्‍याएर गर्भ जाँच गराउने तथा पीडक विरूद्ध प्रहरीमा निवेदन दिन सघाएकी थिइन्। जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय रविको खोजी तिब्र पारेको जनाएको छ। रवि आठबिसकोट नगरपालिका वडा नं. १० का वडाध्यक्ष गंगाराम चदाराका छोरा हुन्।

सिस्ने हिमाल बालगृह रविकी आमा सुनिता चदाराले चलाउँदै आएकी छन्।अनाथ, असहाय र टुहुरा बालबालिकाको संरक्षण गर्न भनेर खोलिएको समाचारमा जनाइएको छ। उक्त बालगृहको उद्घाटन नेकपा माओवादीका नेता एवं अर्थमन्त्री जर्नादन शर्माले गरेका थिए। ती बालिकालाई धर्मछोरी बनाएर शर्माले नै उक्त बालगृहमा संरक्षण तथा शिक्षा दिक्षाको लागि भनेर २०७४ सालदेखि राखेको पनि जनाइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति