काठमाडौं, २१ भदौ । काठमाडौंमा पछिल्लो ५ घण्टामा १ सय २१ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।यो वर्ष मनसुनमा काठमााडौंमा पहिलो पटक छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद् मिनकुमार अर्यालले बताए । एकै पटक परेको ठूलो वर्षाका कारण काठमाडौं उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण स्थानीय वायु पनि सक्रिय हुँदा मेघगर्जनसहित पानी परेको मौसमविद्ले बताएका छन् । अहिले भने पानी पर्न रोकिएको छ ।वाग्मती प्रदेशका एक दुई ठाउँमा पानी परे पनि अन्त रोकिएको मौसमविद् मिनकुमार अर्यालले बताए । अहिले पानी पर्न रोकिए पनि आज राति पनि ठूलो वर्षाको सम्भावना छ । राति वाग्मतीसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी पर्ने उनले बताए।
काठमाडौंमा ५ घण्टामा १२१ मिलिमिटर वर्षा, राति फेरि ठुलो पानी पर्ने सम्भावना
प्रतिक्रिया