काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीको बैठक नबोलाउने भन्ने निर्णय गरेको थियो तर निर्णय विपरीत पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको बैठक सोमबार विहान बालुवाटारमा बोलाएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । बैठक बिहान साढे ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालासहितका नेताहरू सहभागी हुनेछन्। सभापति देउवाले हतारमा निर्वाचन निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ।
आफ्नै निर्णय कुल्चिदै कांग्रेसको बैठक वालुवाटारमा
प्रतिक्रिया