काठमाडौँ, २० भदौ । कारोबार सुरु भएको दोस्रो घण्टामा ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको छ ।
एक बज्न ५ सेकेन्ड बाँकी रहँदा सेयर बजार ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार बन्द गरेको हो । अब ४० मिनेट पछि मात्र बजार खुल्नेछ ।
सर्किट ब्रेकर लाग्दासम्म नेप्से १ सय ४७।३१ अंकले घटिसकेको छ । त्यति बेलासम्म ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
प्रतिक्रिया