एमसीसी विरुद्ध २२ वामपन्थी दल गरे यस्तो आह्वान

काठमाडौं, २० भदौ । संसदमा रहेका मुख्य राजनीतिक दलहरु एमसीसी पारित गर्ने तयारीमा अघि बढ्दै गर्दा संसदबाहिर रहेका २२ दलले एमसीसी विरुद्ध एकढिक्का हुन आह्वान गरेका छन् ।सत्ता गठबन्धनको सहयात्री दल राष्ट्रिय जनमोर्चा, नेकपा (मसाल), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलले एमसीसी विरुद्ध एकजुट हुन आह्वान गरेका हुन् ।

२२ दलीय मोर्चाले आइतबार विज्ञप्ति जारी गर्दै संसदबाट एमसीसी पारित नगर्न आग्रह गरेका छन् । उनीहरुले एमसीसी खारेज हुनुपर्ने माग राखेका छ्न । गठबन्धनले एमसीसीका उपाध्यक्षलगायतका पदाधिकारीको नेपाल भ्रमणको क्रममा विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

२२ दलीय गठबन्धनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा विरोधका कार्यक्रम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरिएको छ ।

२२ दलीय मोर्चामा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (माओवादी केन्द्र समाजवादी), नेकपा (माओवादी मोर्चा), एमसीसी खारेज अभियान, राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), मार्क्सवादी एकता अभियान, नेकपा (मार्क्सवादी), नेकपा मार्क्सवादी (पुष्पलाल) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति