काठमाडौं, १९ भदौ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ।सुदूरपश्चिमबाहेक सबै प्रदेशको इन्चार्ज तोकिएको शुक्रबार जारी अन्तर पार्टी निर्देशनमा उल्लेख छ।
एकीकृत समाजवादीका प्रदेश इन्चार्जहरू प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वाला रहेका छन्।त्यस्तै, उपत्यका विशेष प्रदेश इन्चार्जमा विश्वनाथ प्याकुरेल र जनसम्पर्क विशेष प्रदेश इन्चार्जमा विजय गुरुङ तोकिएका छन्।
सुदूरपश्चिम प्रदेशमा गरिमा शाहको नाम प्रस्ताव गरिए पनि अन्तिम टुँगो लाग्न बाँकी रहेको एकीकृत समाजवादीका नेता विरोध खतिवडाले जानकारी दिए । ९ भदौमा निर्वाचन आयोगबाट राष्ट्रिय दलको मान्यता पाएको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले विभागीय जिम्मेवारी समेत बाँडफाँड गरेको छ। एकीकृत समाजवादीको मोर्चा इञ्चार्जमा विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रमा श्रीप्रसाद शाह चयन भएका छन्।
प्रतिक्रिया