‘धरहराको घाँटी मर्काउँछन्, रानीपोखरीमा ढुंगा हान्छन्’ (एमाले अध्यक्षको सम्वोधनको सारसंक्षेप)

काठमाडौं, १९ भदौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् । संघीय संसद्को प्रतिनिधिसभामा लामो समयदेखि रोकिएको एमसीसी सम्झौताबारे पछिल्लो समय चर्चा बढेको बेला पूर्वप्रधानमन्त्री ओलीको टिप्पणी आएको हो ।कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे । अहिले एमसीसीबारे बोल्दैनन् । झुक्याएर पास गर्न खोजेका होलान्,ओलीले भने, बोल्दैनन् । के गर्ने हो ? भन्दैनन् ।प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसीबारे बोल्नुपर्ने ओलीले बताए । जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन ? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने ? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने ? उनले थपे, हिजो साइन गर्नुभएको थियो त । एमसीसीबारे देउवा र दाहाल चुपचाप रहेको ओलीले बताए ।

आधा घण्टा भन्दा बढी सम्बोधन गरेका ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार र सत्तारुढ गठबन्धनको चर्को आलोचना गरे । एमाले विभाजन गरेर नयाँ दल बनाएका माधवकुमार नेपाल र एमाले परित्याग गरेका बामदेव गौतमको पनि आलोचना गरे ।

‘भक्तपुरमा क्रेन लगेर मूर्तिको घाँटी मर्काएका थिए नि एक पटक । तपाईंहरु नहुने हो भने धरहराको घाँटी मर्काउँछन् यिनीहरुले । धरहरा फेरि बनाउने हो भन्छन् । रानीपोखरीमा ढुंगा हान्न सक्छन् । मुर्ति भत्काउन सक्छन्, त्यो पनि याद गर्नुहोला’ ओली भने ।
धरहराको घाँटी मर्काउँछन्

आफूले शिलान्यास गरेका सडकहरुको ठेक्का रोक्ने सरकारको निर्णयको उनले आलोचना गरे । पूर्व तयारी नपुगेको र स्रोत सुनिश्चित नभएको भन्दै नयाँ सरकारले ओलीले शिलान्यास गरेका २ हजार बढी सडकको ठेक्का तत्काल नलगाउन भनेको छ । ओलीले भने विकास हुन्छ भन्ने वर्तमान सरकारलाई पीर परेको बताए ।

सरकारलाई विकासविरोधी करार गर्ने क्रममा उनले धराहराको घाँटी मर्काउने र रानीपोखरीमा ढुंगा हान्ने दाबी गरे । ओलीले भने, ‘भक्तपुरमा क्रेन लगेर मूर्तिको घाँटी मर्काएका थिए नि एक पटक । तपाईंहरु नहुने हो भने धरहराको घाँटी मर्काउँछन् यिनीहरुले । धरहरा फेरि बनाउने हो भन्छन् । रानीपोखरीमा ढुंगा हान्न सक्छन् । मुर्ति भत्काउन सक्छन्, त्यो पनि याद गर्नुहोला ।’

सरकारले विकासको गति रोकेको र कर्मचारीमा सरुवा तथा कारबाहीको आंतक फैलाएको उनको आरोप छ ।

सीमा विवाद कुनै ठाउँमा देखाओ

हुम्लामा चीनसँग देखिएको सीमा विवादबारे अध्ययन गर्न सरकारले हालै समिति बनाएकामा पनि पूर्व प्रधानमन्त्री ओलीले आलोचना गरे । चीनसँग कुनै सीमा विवाद नभएको भन्दै उनले भने, ‘कसलाई खुसी पार्न चीनससँग सीमा विवाद भनेर समिति बनाउनुपर्‍यो रु’

देउवा सरकारले हालै मात्र गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन समिति बनाउने निर्णय गरेको थियो । एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘यो सरकारलाई चुनौती दिएर भन्न चाहन्छु, यो समितिले सीमा विवाद कुनै ठाउँमा देखाओस् ।’

सरकारले भारत र चीनसँग सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको उनको आरोप छ ।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सरकारको धारणा मागेका छन् । कांग्रेस र माओावादी भएकै बेलामा एमसीसी सम्झौता भएको भन्दै ओलीले भने, एमसीसी के गर्ने शेरबहादुर देउवाजीले भन्नु पर्दैन ? प्रचण्डजीले बोल्नु पर्दैन रु हिजो साइन गर्नुभएको थियो । अहिले चुपचाप हुनुहुन्छ ।’

झ्यालमा जाली हाल्छौं, कोही उम्किन नपाओस्

सम्बोधनका क्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ दलहरु गठजोड गरेर झ्यालबाट सरकारमा पुगेको बताए । अब झ्याल र भेन्टिलेटरमा पनि जाली हाल्ने भन्दै उनले आउँदो चुनावमा कतैबाट पनि छिर्न नदिइने बताए । उनले अघि भने, ‘अब यस प्रकारको गठजोडको सरकार बन्ने अवस्था अन्त्य गरिदिन्छौं ।’

काठमाडौंमा पनि एमालेबाहेकका अरुले जित्न नहुने उनले बताए । ओलीले भने, राजधानीमा एमाले बाहेक जनप्रतिनिधि भनेर कोही पनि उम्किन नपाओस् ।’

रानीपोखरी बनाउन लाग्दा ताला लगाएको, धरहरा बनाउन लाग्दा झिल्के धराहरा चाहिँदैन भनेको भन्दै उनले भने, ‘महानगरमा अरु पार्टी छान्न लायक छ र रु काठमाडौंमा मेयर कुन पार्टीको छ भन्दा एमाले भन्दा अरु कसको भन्न सुहाउँछ ?’

माधव नेपाल र बामदेवको आलोचना

ओलीले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल र एमाले परित्यागको घोषणा गरेका बामदेव गौतमको पनि आलोचना गरे ।

नेता नेपालले प्रधानमन्त्री हुन राजालाई दाम चढाएको भन्दै उनले भने, ‘सुन्दा पनि बेइज्जत, कहिले ‘प्रधानमन्त्री हुन पाइन्छ कि भनेर वरिपरि परिक्रमा गरेर दाम चढाएर पनि ढोगेको छ । कहिले हुलाकबाट निवेदन पठाएजस्तो पत्र मञ्जुषामा प्रधानमन्त्री हुन पाउँ भन्ने निवेदन पनि हालेको छ ।’

२०६४ सालको संविधानसभा निर्वाचनमा २४० सिटमा एमालेलाई ३३ सिटमा सीमित गरेपछि मुख देखाउन नसक्ने स्थिति भयो भनेर पार्टीबाट राजीनामा गरेको, तर अहिले यो पुगेन, त्यो पुगेन भनेर विवाद झिकेको उनको आरोप छ ।

ओलीले अघि भने, ‘हाम्रा घरका बिरालाहरु शेरबहादुर देउवाको घरमा देखिन्छन् । दूधभात खान पाइन्छ भनेर म्याउ गरेर गएछन् ।’

गौतमलाई भने उपप्रधानमन्त्री हुन आफूलाई गाली गर्दै एमाले छाडेको आरोप लगाए । ‘कसैलाई उपप्रधानमन्त्री हुनु मन लाग्यो भने निवेदन के व्यहोरामा हाल्छन् भने तपाईं केपी शर्मा ओली एकदमै तानाशाही हुनुभयो, तपाईं केपी शर्मा ओलीले पार्टीले भनेको मान्नुभएन, हामीलाई सम्मान गर्नुभएन । त्यसकारण तपाईंको पार्टी छोडेँ,’ गौतमको नाम नलिई उनले भने, ‘उपप्रधानमन्त्री हुन पाऊँ भनेर उतातिर भने हुन्छ नि, केपी शर्मा ओलीलाई गाली किन गर्ने ?’

थकाई मार्न हिँडे
आफ्नो स्वास्थ्यबारे जानकारी दिँदै सम्बोधन सुरु गरेका एमाले अध्यक्ष ओलीले विट मार्दा पनि त्यहीँ पुगे । धेरै नै थकित भएर ज्वरो आएको भन्दै उनले भनेका छन्, ‘मैले एक दुई दिन चाहिँ धेरै थकित नहुनु पर्नेछ । अलि थकाई मार्नुपर्छ भन्ने डाक्टरको सल्लाह छ । म यहाँहरुसँग विदा लिन्छु र अहिलेलाई थकाई मार्न हिँडेँ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति