बाँके, भदौ १८ । जिल्ला प्रहरी कार्यालय बाँकेले चार किलो २१।४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा खादुनावारी गाविस–६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस–२ बस्ने बुद्दीमान खाती रहेको प्रहरीले जनाएको छ । काठमाडौं बाट नेपालगञ्ज आएको श्री एयर लाएन्सको फ्लाईट नं एसएचए ४३३ नं को प्लेनबाट दिउसो दुई बजे उनीहरु नेपालगञ्ज उप-महानगरपालिका–२० स्थित राँझा एयरपोर्टमा ओर्लेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार दिउसो तीन बजे नेपालगञ्ज विमानस्थलको आगमन कक्ष बाहिरपट्टि शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले उक्त सुन फेला पारेको थियो ।
राँझा विमानस्थलबाट चार किलो सुनसहित दुई पक्राउ
प्रतिक्रिया