दार्चुला घटनाको विरोधमा काठमाडौंमा मोदीको पुत्ला दहन

काठमाडौं, १८ भदौं । नेकपा एकीकृत समाजवादी सम्वद्ध विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् । दार्चुला घटनाको विरोधमा विद्यार्थीहरुले शुक्रबार रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै मोदीको पुत्ला जलाएका हुन् ।

गत साउन १५ मा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुनइको डोरी काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । घटनाबारे छानविन गर्न बनाएको गृह मन्त्रालयका सहसचिव नेतृत्वको समितिले हालै बुझाएको प्रतिवेदनमा पनि एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख छ ।

विद्यार्थीहरुले जयसिंह धामीलाई न्याय दे, सीमा अतिक्रमण बन्द गर, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । घटनाको विरोध गर्दै भारतलाई कूटनीतिक नोट पठाउने काम समेत नगरेको भन्दै सरकारको पनि आलोचना भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति