चितवन, १८ भदौ । नारायणगढ–मुग्लिन सडकको इच्छाकामना गाउँपालिका–६ पाँच किलो भन्ने ठाउँमा शुक्रबार बिहान करिब सात बजेतिर पहिरो खसेको छ ।
पहिरोले दुईतर्फी रुपमा नै यातायात अवरुद्ध भएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अविरल वर्षापछि लेदो आएर बाटो थुनिएको स्थानीयले जानकारी दिएका छन् । पानी पर्न नरोकिएका कारण पहिरो हटाउन सकिएको छैन । सडक कार्यालयको लोडर पुगे पनि वर्षा भइरहेकाले काम सुरु हुन नसकेको चितवन प्रहरीले जनाएको छ । ‘बाटोमा लेदो आएर गाडी रोकिएका छन् । त्यति ठूलो पहिरो त हैन भन्ने छ । तर पानी परेका कारण सफा गर्न सकिएको छैन,’ भरतपुर डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भन्नुभयो। पहिरो सफा नहुँदासम्म गाडीहरु सुरक्षित ठाउँमा राखेर धैर्य गर्न चितवन प्रहरीले चालकहरुलाई अपिल गरेको छ ।
पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध
प्रतिक्रिया