अमेरिकामा बाढीले बगाएर तीन नेपालीको मृत्यु


एजेन्सी–अमेरिकाको न्यूयोर्कमा आएको बाढीले बगाएर तीन नेपालीको ज्यान गएको छ ।

मृत्यु हुनेमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी ठेगाना भएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाका छोरा लोप्साङ लामा रहेको त्यहाँस्थित नेपाली पत्रकार किरणबाबु मरहठ्ठाले जानकारी दिए ।

उनको परिवार केही वर्षदेखि न्यूयोर्क बस्दै आएको थियो । महरठ्ठाका कारण न्यूयोर्कमा आँधीसँगै भारी वर्षात भएको छ । आइडा नाम दिइएको उक्त आँधीसँगै भारी वर्षात भएको र बाढी आएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति