कोरोना कहर : विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै

काठमाडौँ, १८ भदौ । विश्वमा कोरोनाबाट निको हुनेभन्दा संक्रमितको संख्या बढ्दै जान थालेको छ ।बितेको २४ घण्टामा ५ लाख ५३ हजार ५० जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा ६ लाख ७५ हजार ६३२ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । शुक्रबार सम्म समाचार तयार पार्दासम्म विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ९९ लाख १८ हजार ६१६ पुगेको छ।

अहिलेसम्म ४५ लाख ५५ हजार ७२५ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्र १० हजार ५५६ जनाको मृत्यु भएको छ ।१९ करोड ६५ लाख ६० हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन् ।विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख २ हजार ७५ छ । उनीहरूमध्ये १ लाख ४ हजार ७८८ को स्वास्थ्य अवस्था गम्भीर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति