गगन थापाको कित्ता परिर्वतन, महाधिवेशनको मुखैमा रामचन्द्र पक्षमा खुले

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा औपचारिकरूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका छन् । थापाले यसअघि नै आसन्न महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरिसकेका छन् ।

सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा गगन पुगेका छन् । यसअघि अनौपचारिक बैठकहरूमा कृष्ण सिटौला सहभागी हुन्थे । तर, आज भने छैनन् । अघिल्लो महाधिवेशनमा गगन सिटौला पक्षबाट महामन्त्री लडेका थिए ।

अघिल्लो महाधिवेशनमा महामन्त्रीमा लडेका शशांक, अर्जुननरसिंह र गगन अब एकै ठाउँमा उभिएका हुन् ।

पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति