जेठ २ को मुद्दामा एमालेभित्र फेरि खटपट

काठमाडौं, १७ भदौ– नकपा एमालेले जेठ २ मा फर्कने निर्णय गरेको एकसाता पनि नबित्दै पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधव नेपाललाई साथ नदिएका तेस्रो पुस्ताका नेताहरुबिच खटपठ सुरु भएको छ ।

भदौ ९ गते बसेको एमालेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर क्रियाशील गराउने निर्णय गरेर परिपत्र जारी गरेको थियो । तर अध्यक्ष ओलीले एकलौटी ढंगले अघि बढ्न खोजेपछि एमालेमा विवाद र खटपट फेरी सुरु भएको हो ।

यसको उदाहरणका रुपमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपाल (पीपीएलए) लाई लिन सकिन्छ । पीपीएलएका अध्यक्ष रुद्रप्रसाद नेपाल हुन् । तर, अध्यक्ष नेपाललाई थाहा नै नदिई अध्यक्ष ओली पक्षले भदौ १८ गते पीपीएलएको नाममा केन्द्रीय समितिको भेला बोलाएको छ ।

तुल्सीलाल प्रतिष्ठानमा गर्न लागिएको भेलामा प्रमुख अतिथिका रुपमा अध्यक्ष ओली सहभागी भएर सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको छ । तर, ओली पक्षले यसरी भेला बोलाएपछि पीपीएलएका अध्यक्ष नेपालले उक्त भेला बोलाउने कुनै संस्थागत निर्णय नभएको भन्दै पीपीएलका सदस्यहरुलाई सहभागी नहुन सूचना नै जारी गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति