त्रिवि शिक्षण अस्पतालमा उपचाररत् पूर्वसचिव श्रीकान्त रेग्मीको निधन


काठमाडौं, १७ भदौ ।   पूर्वसचिव श्रीकान्त रेग्मीको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचाररत् रेग्मीको बिहीबार बिहान निधन भएको हो। शिक्षण अस्पतालका निर्देशक डा। दिनेश काफ्लेका अनुसार उनी तीन/चार दिनअघि मात्रै अस्पताल भर्ना भएका थिए। भेन्टिलेटरमा उपचाररत् रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार बिहान ४ बजे निधन भएको उनले बताए। ‘स्वास फेर्न गाह्रो भएपछि अस्पताल आइपुग्नुभएको थियो,’ काफ्लेले भने, ‘पिसाब पनि रोकिएको थियो।’ रेग्मीलाई मधुमेह, दमसँगै मिर्गौलाको पनि समस्या थियो। उनको मिर्गौलाको डायलासिस पनि गरिएको थियो।उनले आफ्नो अधिकांश समय गृहको शान्ति सुरक्षा र आन्तरिक प्रशासनमा बिताएका थिए। उनले २०५९ सालमा गृहसचिवबाट राजीनामा दिएका थिए। वरिष्ठताका आधारमा सचिव नियुक्त नभएपछि उनले राजीनामा दिएका थिए। उनको पार्थिक शरीर शिक्षण अस्पतालमै राखिएको छ। अमेरिकामा रहेका छोराहरूले केही दिन अस्पतालमै शव राखिदिन अनुरोध गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति