मोडल तथा कलाकार निशा घिमिरेको निधन


काठमाडौं, १६ भदौ । चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ। मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ। घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको हो। लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो। नर्भिक अस्पतालले उपचारको अभावमा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो। ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने–‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति