अफगानिस्तानबाट थप १४ नेपाली फर्किए

काठमाडौँ,१६ भदौ। अफगानिस्तानबाट थप १४ नेपाली स्वदेश फर्किएका छन्। अफगानिस्तानबाट उद्धार भई दोहा– काठमाडौँको कतार एयरको नियमित उडानबाट मंगलबार साँझ ५ जना तथा आज विहान ९ जना गरी थप १४ जना स्वदेश फर्केका परराष्ट्र मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कूल ८४७ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आइपुगेका छन्। काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको मन्त्रालयले जनाएको छ।
परराष्ट्रका अनुसार आगमन पश्चात कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड–१९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति