प्रदेश २ का १० जना जसपा सांसदले रोजे लोसपा

काठमाडौं, १६ भदौ ।  प्रदेश २ का जनता समाजवादी पार्टीका १० जना प्रदेशसभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।
बुधबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर उनीहरूले लोसपामा गएको भनी सनाखत गरेका हुन्। लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरूसँगको आज छलफलपश्चात् सांसदहरूले सनाखत गरेका हुन्।

प्रदेशसभा सदस्यहरू परमेश्वर साह, जयनुल राइन, सुरिता साह, अल्का झा, रमेश कुर्मी, बाबुलाल साह, बबिता चौधरी, निलम भुइहारिन, गौरी नरायण साह र जानकी शरण साहले सनाखत गरेका हुन्।पूर्वमन्त्री जितेन्द्र सोनल, उपेन्द्र महतो, अभिराम शर्मा लगायतका ६र७ जना सांसदहरूले भोलि सनाखत गर्ने प्रदेशसभा सदस्य परमेश्वर साहले जानकारी दिए। कोही घरतिरै हुनुहन्छ, कोही काठमाडौंमा हुनुहुन्छ। उहाँहरू आइसकेपछि बाँकी सांसदहरू एकैपटक सनाखत गर्नुहुन्छ, उनले भने। प्रदेश २ जसपाबाट ५५ जना सांसद निर्वाचित भएका थिए। जसमध्ये ३० जना तत्कालीन संघीय समाजवादी फोरमका थिए भने २५ जना राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति