फिल्मको सुटिङको लागि अमिताभ बच्चन, अनुमप खेर, बमन इरानीलगायत कलाकार नेपाल आउँदै

काठमाडौं, १६ भदौ । नेपालमा बलिउड फिल्मको सुटिङ हुने भएको छ। जसमा बलिउडका सुपरस्टार अमिताभ बच्चनसहित थुप्रै कलाकारहरु नेपाल आउने भएका छन्।

भारतको अनलाइनपोर्टल पिंकभिल्लाका अनुसार अगामी अक्टुबर महिनामा सुरज बर्जात्याको फिल्म उँचाइको सुटिङ नेपालमा हुने भएको हो।

फिल्ममा अमिताभ बच्चनसहित अनुपम खेर, बमन इरानी, निना गुप्तालगायत कलाकारहरुको मुख्य अभिनय रहने बताइएको छ। साथीहरुबीचको हुने मित्रतालाई फिल्मको कथावस्तुमा समेटिएको बताइएको छ।

स्रोतको हवाला दिँदै पिंक भिल्लाले लेखेको छ, ुसुरज बर्जात्यले फिल्म सुटिङका लागि स्थानको खोजी गरिरहेको र उनको पहिलो रोजाइ नेपाल बनेको हो। उनीहरु नेपालमा ४०(४५ दिनसम्म सुटिङ गर्ने बताइएको छ।

उक्त फिल्मलाई थ्री ह्विलर्स नामक कम्पनीले व्यवस्थापन गर्ने बताइएको छ। फिल्मको सुटिङ काठमाडौंदेखि लुक्ला, नाम्चे, लाङटाङ र मनाङमा समेत हुने बताइएको छ। सुटिङ अनुमतिका लागि नेपाल व्यवस्थापन हेर्ने कम्पनीले सञ्चार मन्त्रालयसँग अनुमति मागेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति