बागमतीमा एमालेका ११ सांसद नेपालको पार्टीमा (नामसहित)

काठमाडौं, १५ भदौ । बागमती प्रदेशका ११ सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएका उनीहरुले पार्टी विभाजनसँगै मंगलबार औपचारिकरुपमा बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर माधव नेपाल नेतृत्वको पार्टी रोजेका हुन्।नयाँ पार्टी रोज्नेमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, माधव पौडेल, बसन्त मानन्धर, रमा आले मगर र कुसुमकुमार कार्की छन्। अझै केही सांसदहरु थपिने बताइएको छ। एक सांसदका अनुसार नवगठित पार्टीमा बागमती प्रदेशका २१ जना सांसदहरु रहेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति