गठबन्धनको बैठक सकियो, जुटेन अझै सहमति

काठमाडौं, १५ भदौ । मन्त्रालय भागवण्डाको विषयलाई टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कुनै सहमति भने जुट्न सकेन् ।

अझै पनि मन्त्रालयको भागबन्डा मिल्न सकेको छैन । एक राज्यमन्त्रीसहित ६ मन्त्री सबै दललाई बराबरी हुने गरी बनाउने एकमुष्ट समझदारी भए पनि कुन मन्त्रालय कसले पाउने भन्ने विषय विवादित बनेको छ ।

त्यसैले अर्को बैठक गठबन्धन दलका सभापति तथा अध्यक्षहरू मात्रको बस्ने समझदारी भएका छ ।गठबन्धनका नेताहरूको बैठकमा अबको बैठकमा सभापति तथा अध्यक्षहरू मात्र बस्ने समझदारी भएको छ । बालुवाटार स्रोतका अनुसार अर्को बैठकको समय भने तोकिसकिएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति