काठमाडौं, १५ भदौ । विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । अध्यक्ष रविन्द्र मिश्रले एकतर्फीरुपमा बिहीबारका लागि बैठक बोलाएपछि संयोजक मिलन पाण्डेले पनि छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । मिश्रले ‘पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न’ भन्दै मंगलबार केन्द्रीय सदस्यहरुलाई इमेल गरेर बैठक बोलाएका थिए । संयोजक पाण्डेले मिश्रले बोलाएको बैठक एकीकरणको सम्झौता विपरीत भएको भन्दै रोक्न माग गरेका थिए ।
तर बुधबार केन्द्रीय सदस्यहरुलाई पत्र पठाउँदै उनले भदौ १७ गते बिहान ११ बजे छुट्टै बैठक आह्वान गरेका हुन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै सघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्नुपर्ने मागसहितको दस्तावेज सार्वजनिक गरेपछि पार्टीमा वैचारिक मतभेद छ । यसबीचमा अध्यक्ष मिश्रको प्रतिवेदनलाई काउन्टर दिँदै संयोजक पाण्डेसहित ४ नेताले अर्को दस्तावेज सार्वजनिक गरिसकेका छन् ।
प्रतिक्रिया