पार्टीको महाधिवेशनमा जुट्न सवै नेता कार्यकर्तामा महामन्त्री खड्काको आग्रह

काठमाडौं, १३ भदौ । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले तोकिएकै मितिमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गरेका छन् । काँग्रेसले आगामी मंसिर ९–१३ मा महाधिवेशन गर्ने गरी भदौ १८ मा वडा अधिवेशन गर्दै छ ।त्यसका लागि केन्द्रित हुन महामन्त्री खड्काले बताए ।

महामन्त्री खड्काले ट्वीट गर्दै महाधिवेशनका विषयमा कुनै अन्यौलता नरहेको बताए । उनले भदौ १८ गतेदेखि सुरु हुन लागेको वडा अधिवेशनलाई उत्सवका रुपमा देशभरि एकसाथ मनाउन अनुरोध गरे ।‘अब कहि कतै भ्रम नरहोस्। अन्योल र अलमलमा नपरौँ । भाद्र १८ गते देखि वडा अधिवेशन प्रारम्भ हुन्छ। यो सँगै नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ ।

पार्टीका सबै तहका नेता,पार्टी सदस्यहरु, शुभचिन्तकहरु हामी सबै पार्टीको महाधिवेशनरुपी महायज्ञमा जुटौँ ।’ शनिबारबाट काँग्रेसको १४ औं महाधिवेशनको प्रक्रियामा भएको अलमल टुंगिएको छ । काँग्रेस जिल्ला सभापतिहरूले शनिबार पार्टी केन्द्रीय कार्यालयमा ८ भदौबाट जारी धर्ना तथा अनसन टुङ्ग्याए सँगै महाधिवेशनको सुरुवाती प्रक्रिया पनि सुनिश्चित भएको हो ।

१८ भदौबाट वडा अधिवेशन सुरु गरेर २२ भदौसम्म वडा अधिवेशन सक्नेगरी शीर्ष तहमा सहमति भएको छ । शनिबारसम्म ५३ जिल्लाको सदस्यता सार्वजनिक भइसकेको छ । सोमबारसम्म ७७ जिल्लाकै क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्ने काँग्रेसको तयारी छ । काँग्रेसले शनिबारसम्म ४८ जिल्लामा मतदाता अधिकृत पनि खटाइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति