पाकिस्तानका आतंकवादीले भारतमा आक्रमण गर्न तालिबानीसग सहयोग मागेको खुलासा

काठमाडौं, १२ भदौ । अफगानिस्तानमा तालिबान र आईएसआईएसको त्रासबीच एउटा ठूलो खुलासा भएको छ। न्युज एजेन्सी एएनआईका अनुसार पाकिस्तानको आतंकवादी संगठन जैश–ए–मोहम्मदका दहशतगर्दोंले केही दिनअघि कन्धार पुगेर तालिबानका नेतासँग भेट गरेका हुन्। यस क्रममा जैश–ए–मोहम्मद (जेईएम) ले भारतमा आफ्ना गतिविधि सञ्चालन गर्न तालिबानसँग मद्दत मागेका छन्। यस्तै पाकिस्तानबाट निस्केका दुई आतंककारी श्रीनगरमा ग्रेनेड हमला गर्ने षड्यन्त्र रचिरहेका छन्, यसकारण सबै सुरक्षा एजेन्सीलाई अलर्टमा राखिएको छ। उनीहरूलाई भनिएको छ– कुनै पनि हालतमा उनीहरूको सामना गर्नू।
साथै गुप्चचर एजेन्सीहरूलाई सामाजिक सञ्जालमा निगरानी गर्न भनिएको छ। स्रोतका अनुसार तालिबानले ठूला नेताहरूसँगको बैठकमा जैशको आतंककारीहरूले पाकिस्तानको राजनीतिक अवस्थाबारे पनि छलफल गरेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति