कृष्णहरि पुष्करको राजस्व सचिवमा सरुवा

काठमाडौँ, १२ भदौ । सरकारले राजस्व सचिवमा कृष्णहरि पुष्कर कर्णलाई जिम्मेवारी दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले पुष्करलाई राजस्व सचिवमा सरुवा गरेको हो । उमेर हदका कारण रामशरण पुडासैनीले अवकाश पाएपछि रिक्त स्थानमा उनलाई ल्याइएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अतिरिक्त सचिव रहेका पुष्कर सहसचिव हुंदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत थिए । उनिसंग दिल्लीस्थित नेपाली दूतावासमा आर्थिक सहचारी,मकवानपुर,वारालगायतका विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी र श्रम तथा वैदेशिक रोजगार विभागको महानिर्देशक भएर काम गरेको अनुभव छ ।त्यसका साथै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत काम गरिसकेका छन्।पुष्करसंग गृहप्रशासनमा लामो समय काम गरेको अनुभव छ । उनलाई गृहमन्त्रालयको सचिव बनाउने चर्चा चलेपनि अन्तिममा टेकनारायण पाण्डेलाई गृहसचिव बनाइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति